मिरिकमा करोड़को लागतमा एसटीपी लाइन, अर्बन हेल्थ एण्ड वेलनेस सेन्टर अनि अमृत जल परियोजनाको शिलान्यास

IMG-20240822-WA0262

मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इञ्जिनियरिङ विभागद्वरा मिरिक झीलमा शुद्धपानी पठाउनकाे लागि ३६,३०,४६,८१५ रूपियाँकाे लागतमा निर्माण गरिएकाे स्वेरेज ट्रिटमेन्ट प्लान्ट मिरिक नगरपालिकालाई जीटीएले हस्तान्तरण गरेपछि एसटीपी लाइनलाई प्रत्येक घरसित जाेड्ने कार्य चाँडै शुरू हुने भएकाे छ। यसकाे शिलान्यास बिहीबार मिरिकमा भब्य कार्यक्रममाझ सम्पन्न भयाे। साेही अवसरमा अर्वन हेल्थ एण्ड वेलनेस सेन्टर अनि अमरूत जलपरियाेजना पनि उद्धघाटन गरियाे। मिरिक महकुमा शासक प्रियङ्का सिहं मेहता अतिथि रहेकाे कार्यक्रमका मुख्य अतिथिक रूपमा एकईडीका चिफ् इञ्जिनियर चितरञ्जन बर्मनकाे बाहुलीबाट उक्त तीनवटा परियाेजनाहरूकाे उद्धघाटन गरियाे। बिहीबार शिलान्यास गरिएकाे अर्वन हेल्थ एण्ड वेलनेस सेन्टर ५४,६०,८५६ रूपियाँ, एसएडीपी घर घरमा पाइप लाइन जाेड्ने कार्यकाे लागि ३८, ५०,८२,५४० अनि अमरूत जल परियाेजनाकाे लागि ७,२८,५३,३०३ रूपियाँ मिरिक नगरपालिकालाई सरकारले उपलब्ध गराउनेछ।

यस अवसरमा एमएडीका एक्ज्युकेटिभ इन्जिनियर जीत दुबे, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, सभासदहरू धुर्ब बम्जन, मिलेस राई, मिरिक खण्ड विकास अधिकारी, संयुक्त खण्ड विकास अधिकारी, मिरिक महकुमा अस्पतालका बीएमओएच, ग्राम पञ्चायत प्रधान, सदस्य, विभिन्न स्कूलका शिक्षक प्रभारी लगायत स्थानीय मानिसहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement