एमपी रोडमा एकदिने खुल्ला गोर्खा हाट/हाम्रो गुन्द्री बजार आरम्भ हुने

IMG-20240822-WA0253

दार्जीलिङ: आगामी साता तथा २९ अगस्त बिहीवारदेखि दार्जिलिङको एमपी रोडमा एकदिने खुल्ला गोर्खा हाट/ हाम्रो गुन्द्री बजार आरम्भ हुने जानकारी प्राप्त भएको छ। स्थानीय उत्पादनलगायत उद्यमीहरुलाई टेवा पुर्याउन दार्जीलिङ नगरपालिका र गोर्खा हाट समूहले उक्त संयुक्त पद्क्षेप शुरु गर्ने नगरपाल विष्णु मल्ल अनि गोर्खा हाट समुहकी दीपिका गुरूङले जानकारी गराएका छन्। खुल्ला गोर्खा हाट/हाम्रो गुन्द्री बजार सञ्चालनमा ल्याउन विष्णु मल्लको नेतृत्वमा एउटा समिति पनि गठन गरिएको छ भने साफसफाइ, खाद्य परीक्षण अनि मूल्य निर्धारण गर्न नगरपालिका प्रशासनले सञ्चालन समितिलाई सहयोग पुर्याउने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement