कालेबुङ: जीटीए कार्यकारी सभाद्वारा गत ८ जुलाई, २०२४ को दिन राखिएको सभामा आँगनबाड़ी कर्मचारी अनि सहायकहरूको कार्यावधि अथवा सेवा निवृत्ति अघि मृत्यु विषय ध्यानपूर्वक विचार गरी सर्वसम्मतिद्वारा अबोप्रान्त ती कर्मचारी अथवा सहायकहरूलाई एक मुष्ठ अनुग्रह राशि रूपियाँ दुई लाख गरी प्रदान गरिने प्रस्तावाना पारित गरिएको थियो। यसै सन्दर्भमा जीटीए क्षेत्रभरिका कुनै पनि आँगनबाड़ी केन्द्रमा कार्यरत आँगनबाड़ी कर्मचारी अनि सहायकहरूको कार्यावधि अथवा सेवा निवृत्ति अघि मृत्यु भएको खण्डमा उनको वैध अनि कानुनी उत्तराधिकारीलाई जीटीएद्वारा रूपियाँ दुई लाख अनुग्रह राशि एकमुष्ठमा प्रदान गरिने आदेश जारी गरिएको छ। थप आदेश नभएसम्म तत्काल प्रभावसहित यो आदेश जारी रहनेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको महिला अनि शिशु कल्याण विकास आईसीडीएसको कार्यकारी निर्देशकद्वारा जारी गरिएको छ।