अलिपुरद्वार: आरजी कर मुद्दाको विरोध बिस्तारै बढ्दै गएको छ। विभिन्न संघसंस्थाका अलावा विद्यालयका विद्यार्थी पनि सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन्। बिहीबार, अलिपुरद्वार जिल्लाको मदारीहाट-बीरपाडा ब्लकको खिदिरपुर रहमानिया हाई मदरसाबाट मदरसा प्राधिकरणले जुलुस निकालेको थियो। जुलुसमा मदरसाका शिक्षक तथा व्यवस्थापन संघका सदस्यहरुको समेत सहभागिता रहेको थियो र यस घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका थिए। विद्यार्थीले सडकमा हिँड्दा कुनै समस्या नपरोस् भनेर सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्।