खरसाङ: खरसाङको बुल्मफिल्ड महकुमा पुस्तकालयका कर्मचारी साेनादा निवासी प्रेम दाेर्जे शेर्पाको आकस्मिक निधनमा दिवंगत आत्माको चिर शान्ति अनि श्रद्धाञ्जली अर्पणको निम्ति एक शोक सभा सम्पन्न भयो। सभामा खरसाङ वरिपरिका चिम्नी, लङभ्यू , खहरे, तीनधारे, गिद्धे, टुङका ग्रामीण पुस्तकालयका कर्मचारीवृन्दलाई लिएर बुल्मफिल्ड महकुमा पुस्तकालयकाे आयाेजनामा शोक सभा सम्पन्न भएको थियो। उक्त सभा ब्लुमफिल्ड महकुमा पुस्तकालयका वर्तमान अध्यक्ष ऋषि राईकाे अध्यक्षतामा सम्पन्न भएको थियो। पुस्तकालयका लाइब्रेरियन विनय लामाले सञ्चालन गरेकाे यो शोक सभामा दुई मिनटकाे मौन धारण अनि धूप-दीप प्रज्ज्वलनपछि उपस्थित ग्रामीण पुस्तकालयका कर्मचारीहरुले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै प्रेम दाेर्जे शेर्पा अत्यन्त मिलनसार साथै निष्ठावान र लगनशील रहेको बताउँदै उनीसित बिताएका मीठा पलहरुकाे सम्झना गरे। वक्ताहरूले आफ्नो कार्यप्रति कहिले हेलचेक्राइँ नगरी सदा लगनशीलताको साथ स्व. प्रेम दोर्जेले सेवा दिएकाे बताउँदै उनकाे आकस्मिक निधनले आफुहरू व्यथित बनेकाे मन्तव्य व्यक्त गरेका छन्। उनकाे आत्माले शान्ति पावाेस् भनी कामना गरेका छन्। शाेक सभाका अध्यक्ष ऋषि राई, लाइब्रेरी संगठन खरसाङका अध्यक्ष दावा रुम्बाले प्रेम दाेर्जाे शेर्पाले आफ्नो जिम्मेवारी कसरी बहन गर्थे भन्दै विस्तृत रूपमा जानकारी गराउँदै उनकाे निधनले ब्लुमफिल्ड पुस्तकालय सँगसँगै लाइब्रेरी कर्मचारी संगठनलाई क्षति पुगेको मन्तव व्यक्त गरेका छन्। यस दुःखद क्षणमा घर परिवारलाई ईश्वरले सहने शक्ति प्रदान गरून् भनी ईश्वरसित प्रार्थना गरे भनी जानकारी प्राप्त भएको छ।