भाजपाको आन्दोलनलाई लिएर सिलगढीमा तनाउ

ty-1

सिलगढी: आरजी कर घटनाको विरोध साथै मुख्यमन्त्रीको राजीनामाको मांगलाई लिएर भाजपाले आज सिलगढी महकुमा परिषदमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी कार्यालय घेराउको आह्वान गर्यो। आज सिलगढी बाघाजतिन पार्कबाट एउटा रैली निकाले। यसपछि उक्त रैली विभिन्न पथ हुँदै सिलगढी महकुमा परिषद पुगेपछि भाजपा नेताहरू साथै कार्यकर्ताहरूको पुलिससित हातपाई शुरू भयो। महकुमा परिषदको सामु लगाएको पुलिस ब्यारिकेड्स हटाएर भाजपा नेता तथा कार्यकर्ताहरू भित्र प्रवेश गरेपछि पुलिस अनि प्रदर्शनकारीहरू माझ धक्का-मुक्की शुरू भयो। उक्त घटनालाई लिएर व्यापक तनाउको माहौल देखा पर्यो। यस अवधि महकुमा परिषद भवनको दैलोका ऐनाहरू फुटाइदिएको आरोप लगाइको छ। उक्त घटनामा चार जना भाजपा कार्यकर्ता घाइते भएका छन्। यसको साथै एकजना पुलिसकर्मी पनि घाइते भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement