दार्जिलिङको तकभरमा गाड़ी दुर्घटनामा एकको मृत्यु तीनजना घाइते

IMG-20240822-WA0239

दार्जिलिङ: दार्जिलिङको सिंहमारीमुनितिर तकभर ४ डिभिजनमा एउटा कार दुर्घटनाग्रस्त हुँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते बनेका छन्। प्राप्त जानकारी अनुसार उक्त कार गाड़ी दार्जिलिङबाट बिजनबारीतर्फ गईरहेका थिए। उक्त कारमा कोलकोताबाट घुम्न आएका चारजना सवार थिए। गाड़ीमा रहेका चारजनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते बनेका छन्। तीनजना घाइतेहरूलाई उपचारको लागि दार्जिलिङ जिल्ला अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ। कारमा सवार चारजना क्रमैले शुभंकर मण्डल, विश्वजित पोद्दार, चिरञ्जीवी दास र बिमल दे रहेको जानकारी प्राप्त भएको छ। ती चारजनामा बिमल देको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement