जेष्ठ नागरिक संघ भद्रपुर-८ को अधिबेशन सम्पन्न

IMG-20240822-WA0240

भद्रपुर: आज भद्रपुर नगर पालिका वड़ा नं.-८ स्थित वड़ा कार्यालयको सभा हलमा भएको जेष्ठ नागरिक सङ्घ वडा नं.-८वड़ा अधिबेशनको एक कार्यक्रमको दीप प्रज्वलित गर्दै वड़ाध्यक्ष गौरव सुब्बाले जेष्ठ नागरिकहरुको स्वास्थ्य,जीवन बृति र समाज तथा परिवार सँग घुलमिल भई बॉच्न पाउने अधिकार प्रति जिम्मेबार निकाय जागरूक हुन आग्रह गरे।
जेष्ठ नागरिक संघ भद्रपुर नपा वड़ा नं ८समितिका अध्यक्ष आइन्द्र आङदम्बेको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला सचिव धन प्रसाद शिवाकोटी,नगर अध्यक्ष हेम प्रसाद खनाल, लगायत का वक्ताहरुले जेष्ठ नागरिकहरुको जीवन शैलीलाई परिवर्तन गर्नु भनेकै उनीहरुलाई समयानुकूल समाज सँग जोडेर राख्नु हो भने। सो अधिबेशनले निर्मल प्याकुरेलको अध्यक्षतामा ९सदस्यीय जेष्ठ नागरिक संघ भद्रपुर-८ वड़ा समिति पूनर्गठन गरेको छ। पुनर्गठित समितिमा उपाध्यक्षमा फूलमाया राई (कुन्ती), सचिवमा देवेन्द्रकिशोर ढुङगाना,सह सचिवमा चन्द्र सुबेदी,कोषाध्यक्षमा कोपिला कुमारी कोइराला निर्विरोध निर्वाचित भएका छन्। समितिका सदस्यमा खेम नेउपाने,राजू बनिया क्षेत्री,श्याम प्याकुरेल,गंगा थापा चयन भए।
वड़ा सदस्य भगवती बस्नेतले शुभकामना मन्तब्य ऱ नव निर्वाचित अध्यक्ष निर्मल प्याकुरेलले प्रतिबद्धता ब्यक्त गरेका थिए। कार्यक्रम संचालन नगर सचिव ईश्वर पोखरेल ले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement