खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा पार्टी कार्यालयमा टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बलको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई टाउन कमिटीको कार्यवाहक सचिव बिरबल पख्रिनले गरेका थिए। सभामा प्रथम वक्ताकोे रूपमा टाउन कमिटी युवा शक्ति मूल सचिव बन्धन लामाले सभामा युवा शक्तिलाई संगठनकोे सभाहरुमा उपस्थित भई संगठनकाे धरातललाई मजबूत बनाउनमा योगदान गरिदिने आह्वान गरे साथै उनले हामी रुलिङ पार्टी हौं र हामिले हाम्रो कर्तव्यकोे बोध गरी पार्टीकोे निम्ति निःस्वार्थ कार्य गर्नु आवश्यक हुन जान्छ भनी बताए। उनले यदि कुनै पनि विपक्षी पार्टी, विरोधीहरूले कूनै प्रकारकोे भ्रम फैलाउने विरोध गर्ने नकारात्मक कार्य गर्छ भने डिफेण्ड गर्नु सक्नु पर्छ भनी बताए। सभामा खरसाङ नारी शक्तिका उप सभापति अमिता लामाले नारीहरुलाई सम्बोधन गर्दै जति पनि सरकारी निकायहरुमा हाम्रो पार्टीको सिफारिशमा काम पाएका कर्मीहरूलाई लिएर सभा गर्ने सुझाव राखे। त्यसरी नै अघि पर्यवेक्षक समीर दीप ब्लोनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले निःस्वार्थ जनताको हितमा कार्य गरिरहेकाे छ। तर कतिपय व्यक्तिहरु हामीसँग संग्लग्न भएर आउँछ भोट भने विपक्षीलाई हालेर हाम्रो पार्टीलाई झुकाउने काम गर्छन् तर उनीहरू भोलिकोे दिन आफै पनि झुक्किनेछ र यसपाली वार्ड पसौं अभियान गर्दा टाउन कमिटीको तीनैवटा विङ संयुक्त रूपमा गएर वार्ड वार्डमा सभा गरी सांगठनिक धरातल विषयमा जानकारी लिने छ भनी बताएक। उनले वार्डका प्रतिनिधीहरूलाई सत प्रतिशत साँचो रिपोर्ट सभाको माध्यमबाट राखिदिने आग्रह गरे। पार्टी अध्यक्ष अनित थापाकाे आदेश अनुसार एक सितम्बरदेखि पार्टीको झण्डा प्रत्येक घरकोे धुरीमा लगाई संगठनकोे धरातल र समर्थन गर्ने भएको आह्वान् गरेका छन्। आजको यसै सभामा केन्द्रीय अध्यक्ष अनित थापाको निर्देश बमोजिम वार्ड नम्बर दसको रतन शेर्पा, वार्ड नम्बर सातको विषण तामाङ अनि वार्ड नम्बर सत्रको पवन राईलाई खरसाङ टाउन कमिटीमा कार्यकारिणी सदस्य नियूक्त गरिएको छ। सभाध्यक्ष सन्दीप बलले आफ्नो सम्भाषणसंगै सभा समाप्तिको घोषणा गरेको जानकारी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव सञ्जय राउतले दिएका छन्।