खरसाङमा किड्स फेशन शो आयोजना गरिने

IMG-20240822-WA0237

खरसाङ: खरसाङको एक च्यानल नमस्ते खरसाङको आयोजनामा नानीहरूक लागि फेशन शो किड्स फेशन शो २०२४ आयोजना गरिने भएको छ। यस विषयमा नमस्ते खरसाङको पक्षमा सबिना गिरी र सिल्भेष्टर लेप्चाले एक भिडियो जारी गर्दै नमस्ते आईडलको आयोजनामा ४ देखि १२ वर्षसम्मको नानीहरूका लागि किड्स फेशन शो आयोजना गरिने जानकारी गराएका छन्। दुवैले बताए अनुसार नानीहरूमा भएको प्रतिभालाई खोजी निकाल्ने कार्य गर्नलाई नमस्ते खरसाङको पहलमा यो किड्स फेशन शो आयोजना गरिरहेको जानकारी गराएका छन्। यसको साथै यस फेशन शो सहभागी जनाउन चाहाने नानीहरूले आगामी १७ सेप्टेम्बरभित्र पञ्जीकरण गर्नु पर्ने र यसको लागि एकजना नानीको एक हजार रुपियाँ तिरेर पञ्जीकरण गर्न सकिने भएको जानकारी गराएका छन्। उक्त किड्स फेशन शोको लागि २२ सेप्टेम्बरमा ग्रुमिङ गरिने, २८ सेप्टेम्बरमा अन्तिम रिहसल र २९ सेप्टेम्बरमा किड्स फेशन शोको ग्राण्ड फिनाले आयोजना गरिने भएको जानकारी गराएका छन्। उक्त किड्स फेशन शो अन्तर्गत विजेतामा मेल नानीलाई किङ् फिमेल नानीलाई क्विनको उपाधिद्वारा सम्मानित गरिने भएको छ। त्यसरी बेस्ट ट्यालेन्ट, बेस्ट ड्रेस, बेस्ट बेस्ट स्माएल, बेस्ट रेम्प वार्क, मस्ट फोटोजेनिक उपाधि पनि प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement