खरसाङ खण्ड विकास अनि खरसाङ पञ्चायत समितिको संयुक्त योजना ‘ठोस फोहोर व्यवस्थापन साथै प्लास्टिक व्यवस्थापन यूनिटको उद्घाटन

IMG-20240822-WA0168

खरसाङ: खरसाङ खण्ड विकास अनि खरसाङ पञ्चायत समितिको संयुक्त योजना ‘ठोस फोहोर व्यवस्थापन साथै प्लास्टिक व्यवस्थापन यूनिटको उद्घाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। खरसाङ पञ्चायत समिति अनि खरसाङ खण्ड विकासको संयुक्त तत्वावधानमा आज गाडीधुराको मरियणबारीमा ठोस फोहोर व्यवस्थापन साथै प्लास्टिक व्यवस्थापन युनिटको स्थापना गरिएको छ। यो युनिटमा कुहुने अनि नकुहुने फोहोरको व्यवस्थापन मशीनद्वारा गरिनेछ। कुहिने फोहोरबाट मल तयार गरिनेछ। यसको प्रयोग खेतीमा गरिनेछ अथवा बजारमा बेचिनेछ। यसको साथमा फोहोर बाट प्लास्टिक अनि अन्य नकुहिने वस्तुहरूलाई पनि छुट्याएर रिसाइकल गरिनेछ। रिसाइकल गरिएको वस्तुहरूबाट बजारको मांग अनुसारको वस्तुहरूको उत्पादन गरिनेछ। यस युनिटले परिवेशलाई स्वच्छ राख्नुको साथमा आर्थिक गतिविधि, रोजगारको प्रावधान पनि सृजना गर्नेछ। यो यूनिट खरसाङ खण्ड विकास अनि पञ्चायत समितिले पाइलट प्रोजेक्टको रूपमा अघि ल्याएको छ। यसको सफलता असफलताको अध्ययनपछि अन्य ठाउँमा पनि यस योजनालाई प्रयोगमा ल्याइनेछ।

यस विषयमा जीटीएको मुख्य कार्यपाल अनित थापाले भनेका छन्, ‘परिवेश स्वस्थ्य राख्ने साथै रोजगारको अवसर सृजना गर्ने यो पहलको म प्रशंसा गर्दछु। यो योजना सफल बनोस्। मेरो शुभकामना छ सम्पूर्ण टिमलाई।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement