जलपाईगढी: आरजी कर काण्डमा दोषीलाई सजायको माग गर्दै जलपाईगढीमा राति दुई जुलुस निकालियो। बुधबार साँझ सर्वसाधारण, विद्यार्थी र उनीहरूका अभिभावकहरूले जलपाईगढी शहरका मुख्य सडकहरूमा जुलुस निकालेका थिए। यो जुलुसमा धेरै युवा र बृद्धहरुको सहभागिता रहेको छ। दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सबैको माग छ। अर्कोतर्फ, सोही विषयलाई लिएर जलपाईगढीका व्यापारीहरूले पनि जलपाईगढी शहरमा मौन र्याली निकालेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यस क्रममा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो।