ओलम्पिकमा लगातार दुईवटा पदक जित्नुलाई ठूलो उपलब्धि बताए कप्तान हरमनप्रीत सिंहले

IMG-20240822-WA0218

भुवनेश्वर: भारतीय हकी टीमका कप्तान हरमनप्रीत सिंहले पेरिस ओलम्पिकको सेमिफाइनलमा जर्मनीविरुद्ध धेरै मौका बनाए पनि पराजित हुनुलाई दुर्भाग्यपूर्ण बताउनको साथै लगातार दोस्रोपल्ट काँस्य पदक जित्ने प्रदर्शनलाई अभूतपूर्व उपलब्धि बताए। भारतले पेरिस ओलम्पिकमा स्पेनलाई पराजित गरी काँस्य पदक जितेर टोक्यो ओलम्पिकको प्रदर्शनलाई दोहोऱ्याएको थियो। यसअघि सेमिफाइनल म्याचमा चाहिँ भारतले वर्तमान वर्ल्ड च्याम्पियन जर्मनीविरुद्ध २-३-ले हारको सामना गर्नु परेको थियो। भारतीय टीमलाई यहाँ पुगेपछि भव्य स्वागत जनाइयो अनि ओडिशा सरकारले टीमलाई सम्मानित गऱ्यो। हरमनप्रीतले भने, जर्मनीविरुद्ध म्याच नजिकको थियो। हामीले धेरै मौकाहरू बनायौं तर त्यस दिन भाग्य हाम्रो साथमा थिएन अनि हामीले मौकाहरू गुमायौं तर मेरो विचारमा काँस्य पदक जित्नु पनि महत्त्वपूर्ण थियो। त्यो टुर्नामेण्टमा हाम्रो अन्तिम म्याच थियो अनि म्याच जितेपछि धेरै खुशी अनुभव भइरहेको थियो। हामीले आफ्नो सपना (स्वर्ण पदक जित्ने) पूरा गर्ने भरपूर प्रयास गऱ्यौं तर भाग्यले हामीलाई साथ दिएन।
हरमनप्रीतले भने, सेमिफाइनलमा हारेपछि पनि हामीसँग काँस्य पदक जित्ने मौका थियो अनि हामी सबै आत्मविश्वासको साथ मैदानमा ओर्लिएका थियौं। हामीले ओलम्पिकमा लगातार दुईवटा पदक जित्यौं अनि यो ठूलो उपलब्धि हो। ओडिशामा प्राप्त भएको स्वागत र सम्मानसँग भारतीय कप्तानलाई धेरै खुशी देखियो। उनले भने, हामीले सबै तर्फबाट माया र सम्मान प्राप्त भइरहेको छ। यहाँ आउँदा हामीलाई सदा खुशी लाग्छ। त्यो चाहे टुर्नामेण्ट खेल्न होस् या पदक जितेर। हामीलाई यहाँ धेरै सम्मान प्राप्त हुन्छ। यस अवसरमा ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले टीमको सदस्यहरूका निम्ति नगद पुरस्कारको पनि घोषणा गरे, जसमा राज्यका स्टार खेलाड़ी अमित रोहिदासलाई ४ करोड़ रुपियाँ दिइयो। भारतीय गोलकीपर पीआर श्रीजेशलाई ३० लाख रुपियाँ दिइयो। यसरी टीमका अन्य खेलाड़ीहरूलाई पनि १५-१५ लाख रुपियाँ प्रदान गरियो। सहयोगी स्टाफहरूले पनि १०-१० लाख रुपियाँको नगद पुरस्कार हासिल गरे। हरमनप्रीतले यस अवसरमा हकीलाई प्रायोजित गरेकोमा राज्य सरकारप्रति आभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement