राजबारी मनसा पूजा मेलामा बाक्लो भीड

IMG-20240822-WA0140

जलपाईगढी: बिहीबार राति जलपाईगढी परम्परागत राजबारी मनसा पूजा मेलामा मानिसहरूको ठूलो भीड देखियो। ५१५औँ राजबारी मनसा पूजाको केन्द्रमा मेला आयोजना गरिएको हो। यो मेला रमाइलो गर्न टाढा टाढाबाट मानिसहरु आउने गरेका छन्। मेलामा कुनै अप्रिय घटना हुन नदिन पुलिस  क्याम्प बसाइएको छ। महिला पुलिस पनि तैनाथ छन्। सीसीटीभी क्यामेराबाट निगरानी भइरहेको छ। हरेक वर्ष झै यस वर्ष पनि जलपाईगढी प्रजापिता ब्रह्मा कुमारीका दाजुभाई दिदीबहिनीले आध्यात्मिक चित्रकला प्रदर्शनी आयोजना गरेका छन्। उक्त तस्वीर प्रदर्शनीमा संस्थाले ब्रह्मा कुमारीको बारेमा विस्तृत जानकारी राखेको छ।  मेलामा साना बालबालिकाको मनोरञ्जनका लागि नागरदोला (झुला), ब्रेक डान्स, टेराटोरा, खेलौनाका झूलालगायतका रेल जडान गरिएको छ। अर्कोतर्फ मेलामा विभिन्न मिठाइ र मिठास खानेकुरा बिक्री गर्ने पसलहरु पनि छन्। अन्य सामान बेच्ने पसलमा किन्ने र बिक्रेताको बाक्लो भीड छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement