टी२० वर्ल्ड कप जीतको श्रेय द्रविड़, शाह र अगरकरलाई जान्छः रोहित

IMG-20240822-WA0215

मुम्बई: स्टार ब्याटर रोहित शर्माले बुधवार पूर्व मुख्य प्रशिक्षक राहुल द्रविड़, चयन समितिका अध्यक्ष अजीत अगरकर र भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहलाई परिणामहरूको चिन्ता नगरी खेलाड़ीहरूबाट सर्वश्रेष्ठ प्रदर्शन गराउने उनको प्रयासमा पूरा साथ दिएको बताए, जसको परिणामस्वरूप भारतले उनको अगुवाईमा टी२० वर्ल्ड कप जित्यो। रोहितको कप्तानीमा भारतले जून महिना फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरी आईसीसी टी२० वर्ल्ड कपको खिताब जितेको थियो। भारतको २००७ पछि यो दोस्रो टी२० वर्ल्ड कप खिताब थियो अनि रोहितले बारबाडोसमा फाइनल खेलेर यस प्रारूपबाट सन्न्यास पनि लिएका थिए। सिएट क्रिकेट रेटिंग अवार्ड्समा सालका सर्वश्रेष्ठ पुरुष क्रिकेटरको पुरस्कार जितेपछि भने, यस टीमलाई बद्लिनु अनि मैदानमा प्रवेश गरिसकेपछि नतीजाको पर्वाह नगरी खुलेर क्रिकेट खेल्ने माहोल बनाउने मेरो सपना थियो। म आफ्नो टीममा यही कुरा सुनिश्चित गर्न चाहन्थे। यसको आवश्यकता पनि थियो। यसमा मैले तीनवटा स्तम्भबाट धेरै साथ पाए, जो जय शाह, राहुल द्रविड़ र चयन समितिका अध्यक्ष अजीत अगरकर हुन्।
रोहितले भने, मैले जे गरे त्यो मेरो निम्ति महत्त्वपूर्ण थियो अनि निश्चित रूपले ती खेलाड़ीहरूलाई भुल्नु हुँदैन जसले अलग-अलग समयमा टीमको निम्ति लक्ष्य हासिल गर्नमा सहायता गरे। वर्ल्ड जित्ने अनुभवलाई शब्दमा बयान गर्न सकिँदैन। त्यो एउटा यस्तो अनुभव थियो, जुन हरेक दिन आउन सक्दैन। वर्ल्ड कप जितेपछि हामी सबैको निम्ति त्यस क्षणको आनन्द लिनु महत्त्वपूर्ण थियो अनि हामीले त्यो काम असल तरिकाले गऱ्यौं। हामीसँग खुशीयाली मनाउने सम्पूर्ण देशवासीलाई धन्यवाद। वर्ल्ड कप जित्नु हामी जतिकै सम्पूर्ण देशवासीको निम्ति पनि महत्त्वपूर्ण थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement