दिवाली कप फूटबल टुर्नामेण्ट १ सेप्टेम्बरदेखि

IMG-20240822-WA0154

बालासन: डीपीएफसी फूटबल कमिटीको तत्त्वावधानमा आउँदो १ सेप्टेम्बरदेखि दिवाली कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। इण्टेक नजिक धोतरिया बालासन पुल बजार खेल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ तोकिएको छ। अंशग्रहण गर्न इच्छुक टीमहरूले २५ अगस्तसम्म अग्रिम राशिको भुक्तान गर्नु पर्नेछ। अन्य जानकारी आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement