सुकना मा सांसद गोल्ड कपको आयोजन गरिने

IMG-20240822-WA0151

सुकना: खेलकुदलाई सदा प्रोत्साहित गर्ने सांसद राजु बिष्टको दिशा-निर्देश अनुसार सुकनामा सांसद गोल्ड कप फूटबल टुर्नामेण्टको आयोजन गर्ने प्रयास शुरु भएको छ। टुर्नामेण्टको आयोजन कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले गर्नेछ। यसबारे बुधवार भएको सभामा टुर्नामेण्टको आयोजनबारे चर्चा-परिचर्चा भयो। सभामा केएफसी-का महासचिव सुरेन प्रधानको साथमा हेमन्त गौतम, सूर्यमणि ब्राह्म्ण, अजय शर्मा, विवेक परियार, चण्द्र भण्डारी, रवि सुनार, गोपाल राणा, ब्रिजेश प्रसाद, तिलक सिक्तेल र अरुणा छेत्रीको उपस्थिति रहेको थियो। टुर्नामेण्टमा दार्जीलिङ लोकसभा क्षेत्रका टीमहरूलाई प्राथमिकता दिँदै एक-दुईवटा बाहिरका टीमहरूलाई पनि आमन्त्रित गरिने केएफसी-का महासचिव सुरेन प्रधानले बताएका छन्।

About Author

Advertisement