नयाँ दिल्ली: पोर्तुगलका दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोले बुधवार राति आफ्नो यूट्यूब च्यानल लञ्च गर्नको साथै अभूतपूर्व रेकर्ड बनाए। रियल म्याड्रिड, म्यानचेष्टर युनाइटेड र युभेण्टस जस्ता क्लबका पूर्व खेलाड़ीले यूट्यूब च्यानल खोल्नको साथै उनका प्रशंसकहरूले लाखौंको संख्यामा च्यानल सब्स्क्राइब गरेर नयाँ रेकर्ड बनाए। यसरी रोनाल्डोले आफ्नो यूट्यूब च्यानलमा सबैभन्दा तेज १ मिलियन (१० लाख) सब्स्क्राइबरको रेकर्ड बनाए। रोनाल्डोले यस विशेष उपलब्धिलाई केवल ९० मिनटमा हासिल गरे। समाचार लेख्दासम्म रोनाल्डोको च्यानलमा १४ मिलियनभन्दा अधिक सब्स्क्राइबर जोड़िसकेका छन्। अहिले सऊदी अरबको क्लब अल नस्रबाट खेलिरहेका रोनाल्डोले आफ्नो सोशल मीडिया एकाउण्टको माध्यमले यूट्यूब च्यानल शुरु गरेको घोषणा गरेका थिए। रोनाल्डोको एक्स (पूर्वमा ट्वीटर)-मा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स रहेका छन्। रोनाल्डोले यूट्यूब च्यानल लञ्चको घोषणा गर्दै आफ्नो सोशल मीडिया एकाउण्डमा लेखेका थिए, प्रतीक्षा समाप्त भयो। मेरो यूट्यूब च्यानल अन्तमा गएर जारी भइसकेको छ। यस नयाँ यात्रामा मसँग सामेल हुनुहोस्। रोनाल्डोले पहिलो भीडियो पोस्ट गरेको केही घण्टा भित्रै १.६९ प्रशंसकहरूले च्यानल सब्स्क्राइब गरिसकेका थिए। रोनाल्डोको त्यस भीडियोलाई ९० लाख भन्दा अधिक भ्यूज प्राप्त भइसकेको छ। यसरी २४ घण्टामै रोनाल्डोलाई गोल्डन प्ले बटन पनि प्राप्त भयो। उनले गोल्डन प्ले बटन देखाउँदा उनका नानीहरू खुशी भएको भीडियो रोनाल्डोले एक्स-मा शेयर गरेका छन्। रोनाल्डोको प्रतिद्वन्द्वी तथा इण्टर मियामीबाट खेल्ने अर्जेण्टिनाई दिग्गज लियोनल मेस्सीको पनि यूट्यूब च्यानल रहेको छ, जसको २.२७ मिलियन सब्स्क्राइबर रहेको छ। मेस्सीले आफ्नो यूट्यूब च्यानल २००६-मा लञ्च गरेका थिए। रोनाल्डोको भनाइअनुसार, उनको यूट्यूब च्यानलले उनको फूटबल करियरको कहानीहरू मानिसहरूसम्म पुऱ्याउनको साथै फलोअर्सलाई उनको परिवार, पोषण, तयारी, रिकवरी, शिक्षा र बिजनेसबारे पनि जानकारी दिनेछ।
खेलका सर्वकालिक महान खेलाड़ीहरूमा एक रोनाल्डो अहिले सऊदी प्रो लीगमा अल नस्रबाट खेल्छन्। उनले हालै यूरो कप २०२४-मा हिस्सा लिएका थिए तर उनको टीमले खिताब जित्न सकेको थिएन। पोर्तुगलका ३९ वर्षीय फूटबलर अहिले आफ्नो करियरको अन्तिम चरणमा रहेका छन्। आफ्नो असाधारण शारीरिक फिटनेसले गर्दा उनी अहिले पनि कुनै समस्या बिना शीर्ष स्तरमा खेलिरहेका छन् तर उनको गोल गर्ने क्षमतामा चाहिँ सामान्य कमी आएको छ। रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल (२१२ वटा म्याचमा १३० गोल) गर्ने रेकर्ड रहेको छ।