सुनसरीको इनरुवामा दुर्घटना, एक जनाको मृत्यु

IMG-20240822-WA0104

झापा: सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो। मेहता नोबेल अस्पताल विराटनगरबाट उपचार गरी घर फर्किएका थिए।
मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ। ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement