झापा: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशुलाई मृत फेला पारिएको छ।
अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु (छोरा) जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्छ।
शिशु कसले जन्माएर फालेको हो भन्ने अहिलेसम्म यकिन भइनसकेको बस्नेत बताउँछन्। उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।