२ अर्बको क्रिप्टो कारोबार गर्ने युवकलाई प्रेमिकाले नै एक करोड ठगेपछि..

IMG-20240822-WA0013

झापा: दुई अर्ब रुपैयाँ भन्दा धेरैको क्रिप्टो तथा सट्टाबाजी कारोबार गरेको आरोपमा पक्राउ काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षिय अनिल ढुंगाना जेल चलान भएका छन्। तीन महिना लामो अनुसन्धान गरी गत साता भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। यस मुद्दामा प्रहरीले १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। जसमा उनका परिवारका सदस्य, पूर्वप्रेमिका र साथीहरु छन्।
सो मुद्दामा ११ जना फरार प्रतिवादी बनाइएको छ। जसमा काभ्रेका अच्युत नेपाल, राजीव ठकुरी, मनबहादुर तामाङ, विष्णुप्रसाद ढुंगाना, अस्मिता ढुंगाना तथा सीतादेवी ढुंगाना छन्। विष्णुप्रसाद अनिलका बुबा, सीतादेवी आमा र अस्मिता उनकी बहिनी हुन्। अपराधबाट कमाएको सम्पत्ति उनीहरुको नाममा राखेको भेटिएपछि आमा-बुबा समेत अपराधमा तानिएका हुन्। उनको बैंक खाताबाट बुबाको खातामा ३१ लाख तथा बहिनीको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको थियो भने आमाको नाममा भक्तपुरको सूर्यबिनायकमा जग्गा खरिद गरेका थिए। अच्युत, राजीवन र मनबहादुर उनीसँग मिलेर अनलाइन सट्टाबाजी धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, काठमांडू-११ की आरती गुरुङ, मोरङका राजन पोखरेल, झापाका धिरेन सापकोटा, मोरङका अर्विन मेहता र नुवाकोटका विवेक रिमाललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुमध्ये आरती आफ्नो पूर्वप्रेमिका भएको र उनले एक करोड रुपैयाँ जग्गा किन्न भनेर लगेर फिर्ता नगरेको अभियुक्त ढुंगानाको आरोप छ। पैसा फिर्ता माग्दा आफ्नो कामबारे बाहिर बताइदिने भनेर ब्लाकमेल गर्नुका साथै गुन्डागर्दीमा संलग्न व्यक्ति लगाएर धम्काएको उनको बयानमा उल्लेख छ। अनुसन्धानको क्रममा आरतीको सात वटा बैंक खातामा उनीबाट नौ करोड चार लाख ४४ हजार रुपैयाँ जम्मा भएको थियो। धुम्बाराहीको सोसाइटी अर्पाटमेन्टमा बस्ने आरती पनि फरार छिन्।
ढुंगानाले अनलाइन बेटिङवापत विभिन्न ५६ वटा बैंक खातामा ६१ करोड ६४ लाख ५९ हजार एक सय २० रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ। १ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ बराबरको क्रिप्टोे करेन्सीको कारोबार गरेका थिए। त्यस्तै, डिजिटल वालेटहरु इसेवा, आइएमइ पेमार्फत उनले दुई वर्षको अवधिमा पाँच करोड नौ लाख तीन हजार रुपौयँ बराबरको कारोबार गरेको प्रहरी अभियोग छ। यसरी ढुंगानाले यसरी उनले दुई अर्ब १८ लाख रुपैयाँ बराबरको अवैध कारोबार देखिएको भन्दै सो बराबर बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement