हेलमेटमा ब्राउन सुगर लुकाउने ओझा परे प्रहरीको फन्दामा

IMG-20240821-WA0076

झापा: हेलमेटमा ब्राउन सुगर लुकाएर ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर २ बस्ने रोशन ओझालाई केहि समयदेखि लागु औषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो।
बिशेष सूचनाको आधारमा संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर-८ केवाबेशी स्थित उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत रहेको अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट खाँदबारीतर्फ जाँदै गरेको को २० प १८८ नम्बरको निलोकालो रङ्गको २२० सी.सी. पल्सर मोटरसाईकललाई नियन्त्रणमा लिएको थियो।
मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालकले लगाएको हेल्मेटको भित्री भागमा रहेको फम भित्र प्लाष्टिकमा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा मोटरसाईकल चालक ओझालाई २१.२४० ग्राम (एक्काईस ग्राम दुई सय चालिस मिलिग्राम) लागु औषध खैरो हिरोईन जस्तो देखिने बस्तुसहित पक्राउ गरिएको जिल्ला प्रहरी संखुवासभाका प्रहरी इन्स्पेक्टर राम कुमार लामिछाने जानकारी दिए।
प्रहरी इन्स्पेक्टर लामिछानेका अनुसार उनको साथबाट छब्बिस हजार दुई सय तीस रुपैया र लागु औषध ल्याउन प्रयग गरेको उक्त मोटरसाईकल सहित पक्राउ गरिएको बताए।
पटक-पटक लागूऔसधको कारोबार गर्दै प्रहरीलाई चल्दै आएका उनले यसपाली भने छक्याउन सकेनन्। पक्राउ परेका उनी उपर लागुऔषध (नियन्त्रण) ऐन बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement