बुमराहलाई गत ५-६ सालको सर्वश्रेष्ठ बलर बताए रिकी पण्टिंगले

IMG-20240820-WA0294

नयाँ दिल्ली: अष्ट्रेलियाका वर्ल्ड कप विजेता पूर्व कप्तान रिकी पण्टिंगको भनाइअनुसार, भारतीय पेसर जसप्रीत बुमराह गत ५-६ सालमा एकाधिक प्रारूपमा खेल्ने सर्वश्रेष्ठ बलर हुन्। पण्टिंगले भने, बुमराह गत ५-६ सालदेखि विश्व क्रिकेटमा सबै प्रारूपमा खेल्ने शायद सर्वश्रेष्ठ बलर हुन् अनि यो कुरा मैले लामो समयदेखि दोहोऱ्याउँदै आएको छु। केही सालअघि उनलाई चोट लागेको थियो। त्यस समय के उनले पहिला जस्तै प्रदर्शन गर्न सक्नेछन् भन्ने प्रश्न उठेको थियो तर उनले खेलमा पुनरागमनपछि असाधारण प्रदर्शन गरेर आफ्नो क्षमता साबित गरेका छन्। पण्टिंगले भने, यी खेलाड़ीहरूबारे सही जानकारी पाउने सबैभन्दा राम्रो तरिका नै विपक्षी टीमका खेलाड़ीहरूलाई सोध्नु हो। विपक्षी ब्याटरहरूसँग बुमराहबारे प्रश्न गरिँदा तपाईले उत्तर पाउनु हुनेछ। अधिकांश ब्याटरले नै बुमराहलाई खराब सपना जस्तो मान्छन्। उनको एउटा बलपछि अर्को बल कस्तो हुनेछ भन्ने कसैलाई थाहा हुँदैन। उनले एउटै एक्शनमा इन स्विंग र आउट स्विंग बल गर्न सक्छन्। यस्तो बलरलाई खेल्नु कहिले पनि सजिलो हुँदैन। उल्लेखनीय छ, आईसीसी टी२० वर्ल्ड कपमा १५ विकेट लिएर बुमराहले भारतलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनलाई प्लेयर अव् द टुर्नामेण्ट पनि चयन गरिएको थियो। पण्टिंगले भने, बुमराह जस्तो प्रतिभा पाउनु सजिलो छैन। उनी कुनै पनि टीमको प्रमुख हतियार हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement