माइपातेमा पहिलोपटक भब्यरुपमा ३२ौँ भाषा दिवस पालन

IMG-20240820-WA0321

गोरुबथान: ३२औँ नेपाली भाषा मान्यता दिवस माईपाते थापसङ गैरसरकारी संस्था तथा माईपाते जीवनज्योति क्लबको संयुक्त आयोजनामा क्लब घरमा भव्यताको साथमा सम्पन्न गरिएको थियो। भाषा दिवसको यस कार्यक्रमको सभाध्यक्षता श्रीमान मनोज राईले गरेका थिए। प्रमुख अतिथिको रुपमा गोरुबथानका बहुप्रतिभाशाली व्यक्तित्व श्रीमान समिर राई शान्ति थिए। यसैगरी विशिष्ट अतिथिहरूमा साहित्यकार पत्रकार महेश्वर प्रधान समाजसेवा सामेल गुरुङ थिए कार्यक्रममा अतिथिवर्गहरुमा सरिता शेर्पा सुदन सुब्बा गीता क्षेत्री सुमन राई सनबहादुर राई अडिबहादुर गुरुङ आदि थिए। मुख्य अतिथि तथा सभाध्यक्षको बाहुलीबाट द्वीप प्रज्वलन गरी कार्यक्रम शुरु गरियो। कार्यक्रमको औचित्यबारे क्लबका सदस्य सुसन गिरीले विस्तारमा राखेका थिए। माध्यमिक शिक्षा केन्द्र कुवापानीका विद्यार्थी वर्गले मिठो कविता वाचन गरेका थिए। यसै क्रममा कवि प्रकाश सुब्बाले पनि मिठो कविता सुनाएर सबैलाई मन्त्रमुग्ध बनाए। कार्यक्रमको अवधिमा दीपिका सुब्बा तथा मिसिका राईले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। सम्पूर्ण कार्यक्रमको सञ्चालन विकास चाम्लिङ राईले गरेका थिए भने धन्यवाद ज्ञापन हेमन्त राईले राखेका थिए। यसै कार्यक्रम अन्तर्गत साहित्य संगीत तथा विविध क्षेत्रहरूमा आफ्नो योगदान पुर्‍याएबापत माइपाते थाप्सङ गैरसरकारी संस्था तथा माईपाते जीवनज्योति क्लबको तर्फबाट श्रीमान समिर राई शान्ति, पत्रकार, शिक्षक, साहित्यकार महेश्वर प्रधान, समाजसेवी सामुएल लेप्चालाई सम्वर्द्धना गरियो। कार्यक्रममा उपस्थित अतिथिहरुले भाषा दिवसबारे सारगर्भित वक्तव्यहरु प्रस्तुत गरे।खुबै रोचक, सुन्दर कार्यक्रममा विद्यार्थीगण, अभिभावकगण तथा वरिपरिका क्षेत्रका मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement