याङ्गाङमा पालन गरियो ३३औं नेपाली भाषा मान्यता दिवस

IMG-20240820-WA0298

याङ्गाङ: दक्षिण सिक्किमको याङ्गाङ वरिष्ठ माध्यामिक विद्यालयको सभागृहमा स्थानीय भालेढुङ्गा साहित्यिक मञ्चको आयोजनामा ३३औं नेपाली भाषा मान्यता दिवस पालन गरियो। कार्यक्रममा सिक्किम विश्वविद्यालयको नेपाली विभागका प्रमुख प्राध्यापक डा. देवचन्द्र सुब्बा मुख्य अतिथि रहेका थिए। यसरी नै सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राजकुमारी थापा र मुख्यमन्त्रीका पूर्व प्रेस सचिव बिकास बस्नेतको पनि विशेष उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, आजको कार्यक्रम पर्यावरणमैत्री कार्यक्रमकोरपमा आयोजना गरिएको थियो। कार्यक्रममा एकल प्रयोग प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो भने मालाका रूपमा फूलको बटन प्रयोग गरिएको थियो। साथै, मायाको चिनो स्वरूप आयोजक समितिले सहभागीहरूलाई कलम प्रदान गऱ्यो।
कार्यक्रममा डा. केएल दवाड़ी र कृष्ण लेप्चाले देशको संविधानको आठौं अनुसूचिमा नेपाली भाषालाई मान्यताको सङ्घर्ष, उपलब्धी र महत्व बारे आफ्नो विचार प्रस्तुत गरे भने कविहरू आरएस भण्डारी, अलोक गुरुङ र लोचन भण्डारीले कविता वाचन गरे। यस अवसरमा विद्यार्थीहरूद्वारा रंगीन सांस्कृतिक नृत्यहरू, क्विज प्रतियोगिता र अन्तर्कथन प्रतियोगिताहरू पनि आयोजित गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राजकुमारी थापाले भाषा मान्यताको सङ्ग्रममा तत्कालिन लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीको योगदानको सम्झना गर्दै आभार व्यक्त गरिन्। यसको साथै उनले वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भाषा दिवसलाई राज्य विदा घोषित गरेकोमा राज्यवासीको पक्षबाट धन्यवाद ज्ञापन गरिन्।
मुख्य अतिथि प्राध्यापक डा. देओचन्द्र सुब्बाले आफ्नो सम्बोधनमा भारतीय नेपाली भाषाको संवैधानिक मान्यता र यसले पाएको महत्त्वबारे बताए। नेपाली भाषाको संवैधानिक मान्यताले भारतभरिका नेपाली भाषीहरूको पहिचानलाई सशक्त बनाएको र नेपाली भाषा भारतको एक आधिकारिक भाषा बन्न सफल भएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement