विद्या भारतीको केन्द्रहरुमा नेपाली भाषा मान्यता दिवस पालन

IMG-20240820-WA0299

गान्तोक: विद्या भारती सिक्किमले आज आफ्ना सबै विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गरी ३३औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो। मुख्यगरि, कार्यक्रममा देशभक्ति गीत, भक्ति संगीत, कविता वाचन, नृत्य, एकल गीत प्रस्तुत गरिएको थियो। विद्यार्थीहरुलाई रचनात्मक कार्यतिर प्रेरित गर्न पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो। कार्यक्रममा भाषाको महत्व, यसको संरक्षण, प्रवर्द्धन, प्रचार प्रसार, भाषाको प्रयोग, सही लेखन, अध्ययन, भाषाको सम्मानबारे जागरुकता सन्देश पनि दिएको थियो। तादोङ, सोरेङ, रिनाक, साम्दोङ आदि ठाउँहरुमा आयोजित कार्यक्रममा वक्ताहरुले भारतीय संविधानबाट मान्यता दिएको नेपाली भाषालाई मान्यता दिलाउऩ भाषा संग्रामीहरुले जुन योगदान दिए उनीहरुलाई भूल्न नहुने उल्लेख गरेका थिए। यसअन्तर्गत आज साम्दोङको सरस्वती विद्या निकेतनमा वक्ताहरु पी सापकोटा, केएन खतिवडा र अन्य वरिष्ठ महानुभावहरूले सरस्वती विद्या निकेतन र विद्या भारतीले गर्दै एको गतिविधिबारे लेर सराहना गरे। सरस्वती शिशु निकेतन सोरेङ जिल्लामा पनि भाषा मान्यता दिवसमार्फत विद्यार्थीहरुलाई जागरुकताको सन्देश दिएको थियो। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानले मातृभाषाको विषयमा अहिले सक्रितरुपमा काम गरिरहेको छ। विशेषगरि, मातृभाषाको संरक्षण, संवर्द्धन, प्रयोग र सम्मानलाई सबैले उच्च महत्व दिनुपर्ने विषय़मा जोड़ दिएको छ।

About Author

Advertisement