एसियन हाइवेको छेउबाट शव भेटियो

IMG-20240820-WA0248

जलपाईगढी: एसियन हाइवे नम्बर ४८ को छेउबाट शव फेला पर्यो, घटनालाई लिएर क्षेत्रमा सनसनी फैलियो। आज राजमार्ग छेउबाट एक शव फेला परेको छ। धुपगढी पुलिस चौकी अन्तर्गतको साकवाझोरा १ ग्राम पञ्चायतको साकवाझोरा प्राथमिक स्वास्थ्य केन्द्र नजिकैको इलाकाबाट पुलिसले मंगलबार दिउँसो ती व्यक्तिको उद्धार गरेको हो। मृत्यु हुनेमा गोपाल ठकुरी (५७) रहेका छन्। स्थानीयले सडक छेउमा शव देखेपछि पुलिसलाई खबर गरेका थिए। खबर पाएर धुपगढी थानाको पुलिस आएर शवलाई निकालेर धुपगढी डिभिजनल अस्पताल पुर्याएकोमा ड्युटीमा रहेका डाक्टरले मृत घोषित गरेका थिए। उनको घर संकवजोरा प्राथमिक स्वास्थ्य केन्द्र नजिकै छ। उनी कहिलेकाहीँ मादक अवस्थामा पनि देखिने गरेको स्थानीयले बताएका छन्। त्यस दिन राजमार्गको छेउमा लडिरहेको देखेको स्थानीयवासी प्रदीप रोयले बताए। उनले भने, ‘त्यसपछि हामीले पुलिसलाई खबर गरेपछि पुलिसले आएर शव निकालेको र कसरी मृत्यु भयो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ। घटनाको अनुसन्धानपछि मृत्युको वास्तविक कारण खुल्नेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement