युपीएससी कोचिङ परीक्षाका लागि चयनित विद्यार्थीलाई प्रमाणपत्र वितरण

IMG-20240819-WA0329

गान्तोक: राज्यका राज्यपाल ओम प्रकाश माथुरले आज युपीएससी कोचिङ परीक्षाको निम्ति छनौट भएका पाँच जना विद्यार्थीलाई औपराचिक रूपमा प्रमाण पत्र प्रदान गरे। विशेष गरेर राज्यपालले प्रतिभा प्रोत्साहन योजना अन्तर्गत युपीएससी कोचिङ परीक्षा वर्ष २०२४-२५ को निम्ति पाँचजना विद्यार्थीको छनौट गरेका थिए। यी विद्यार्थीहरूले नयाँ दिल्लीमा स्क्रिन प्रक्रियाको माध्यमद्वारा भाइवाको अन्तर्वार्ता दिएका थिए। यस अवसरमा राज्यपालले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै छनौट भएका विद्यार्थीहरूलाई युपीएससी परीक्षाको निम्ति ध्यान केन्द्रित गर्दै संकल्पित भएर अध्ययन गर्नुपर्ने सुझाउ दिए। राज्यपालले विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभेच्छा पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement