पाकिम जिल्लाले सिक्किम गो पोर्टलमार्फत थाल्यो अनलाइन सेवा

IMG-20240819-WA0323

गान्तोक: पाकिमका जिल्लापाल आगवाने रोहन रमेशले आज अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, महकुमा अधिकारी (मुख्यालय) थेन्डुप लेप्चा लगायत अन्य अधिकारीहरूको उपस्थितिमा जिल्ला प्रशासनिक केन्द्रमा सिक्किम गो पोर्टलको शुरूआत गरे। यस पोर्टलको माध्यमद्वारा पाकिमका जनताले सरकारी कार्यबिना कागज पत्र सहज प्रकारले गर्न पाउनेछन्। यस पोर्टल अन्तर्गत सातवटा सेवाहरू उपलब्ध गराइने छ, जसमा अनुसूचित जाती अनि जनजाति प्रमाण पत्र, पछौटे वर्ग,आदिम जनजाति, आय प्रमाण पत्र,रोजगार प्रमाण पत्र र फारम पञ्जीकरण आदिको सुविधा पाउन सक्नेछन्। यस अवसरमा जिल्लापाल रमेशले वेबसाइटको कार्यक्षमताबारे जानकारी लिँदै प्रशासनले उपलब्ध गराएको सेवाको लाभ उठाउन उनले जनतालाई आग्रह गर्दै राज्यमा डिजिटल क्रान्ति ल्याउन सहभागी हुन आग्रह गरे।
उनले थप जानकारी गराए अनुसार जीपे र यूपीआई लगायत अन्य इलेक्ट्रोनिक विधिहरू जस्ता अनलाइन कारोबार विधिहरू मार्फत भुक्तानी सेवा परिचय गराउने लक्ष्य राखेको छ। तसर्थ, यसले आवेदकहरूलाई कागजातहरू पेस गर्नका लागि भुक्तानी र कार्यालय जाने झन्झटबाट टाडो राख्ने गरेको जिल्लापालको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement