सिलगढी: आज राखी पर्व मनाइँदैछ। राखी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीले दाजुभाईको नाडीमा राखी बाँधेर उनीहरुको सुख समृद्धिको कामना गर्छन्। तर सिलगढीको एक स्वैच्छिक संस्थाले राखी बन्धन पर्वलाई अर्कै तरिकाले मनाएको छ। भर्खरै आरजी करको घटनालाई ध्यानमा राख्दै उक्त स्वैच्छिक संस्थाकाे पहलमा सिलगढीको हाश्मी चोकमा दाजुभाईले दिदीबहिनीको सुरक्षाका लागि उनकाे हातमा राखी बाँधे। संस्थाका सदस्यहरुले मुख्यतया महिला सुरक्षाको सन्देश दिन आफ्नो पहल गरेको बताए।









