पूर्व ब्याटिंग प्रशिक्षक राठौड़द्वारा रोहितको नेतृत्व कौशलको प्रशंसा

IMG-20240819-WA0322

नयाँ दिल्ली: टीम इण्डियाका पूर्व ब्याटिंग प्रशिक्षक विक्रम राठौड़ले कप्तान रोहित शर्माको नेतृत्व क्षमताको प्रशंसा गर्दै दाहिने हातका ब्याटरले आफ्नो ‘अनफील्ड गेमप्लान’ कहिले नभुल्ने दावी गरे। विराट कोहलीपछि भारतीय टीमका पूर्णकालिक कप्तान बनेपछि रोहितले भारतलाई २०२४ पुरुष टी२० वर्ल्ड कप र २०२३ एशिया कपमा च्याम्पियन बनाउनको साथै २०२३ वर्ल्ड टेस्ट च्याम्पियनशीप र वनडे वर्ल्ड कपमा उपविजेता बनाए। राठौड़ले भने, उनले टसको समय ब्याटिंग रोजेका थिए या बलिंग भन्ने भुल्न सक्छन्। टीम बसमा आफ्नो फोन र आईप्याड भुल्न सक्छन् तर आफ्नो गेमप्लान कहिले भुल्दैनन्। उनी चतुर रणनीतिज्ञ हुन्। उनी आफ्नो काममा दक्ष छन्। राठौड़ले टी२० वर्ल्ड कपको फाइनलमा रोहितको रणनीतिक फसेलाहरूलाई याद गरे, जहाँ उनले जसप्रीत बुमराहको ओभरहरू तेजीको साथ पूरा गरेका थिए। उनको त्यस फसेलाले अन्तमा टीमलाई फाइदा भएको थियो। राठौड़ले भने, एकजना कप्तानको रूपमा मैदानमा फसेला लिने मामिलामा उनी धेरै असल छन्। टी२० वर्ल्ड कपको फाइनलमा उनले बुमराहको ओभरहरू चाँडै समाप्त गरे। धेरैले त्यस फसेलामाथि प्रश्न उठाएका थिए तर उनको त्यस फसेलाले हामीले त्यस स्थितिमा पुऱ्याएको थियो, जहाँ अन्तिम ओभरमा १६ रनको आवश्यकता थियो। ईनिंग्सको अन्तिम ओभरमा दबाउको परिस्थितिमा १६ रन बनाउनु कहिले पनि सजिलो हुँदैन। यसबाहेक उनी टीमका सबै खेलाड़ीहरूसँग खुलेर कुरा गर्छन्। उनी प्रत्येक टीम मीटिंगमा सामेल हुन्छन्। यी सब कुराहरूले उनलाई अन्य कप्तानहरूभन्दा अलग बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement