दार्जीलिङ लुसेउरी तराई फूटबल क्लब र चामोंग युनाइटेड विजयी

photocollage_2024819225329416

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा सोमवार दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याचमा दार्जीलिङ लुसेउरी तराई फूटबल क्लबले दार्जीलिङ फूटबल स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मानव राईले २ र पेम्बा थामीले १ गोल गरे। यसरी डीएफएससी-बाट सुमित थापाले १ गोल गरे। दोस्रो म्याचमा चामोंग युनाइटेड फूटबल क्लबले अप्पर रंगबूल स्पोर्टिंग क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट निम तामाङले २ गोल गरे । यसरी नै सुलभ थापा र चिराग तामाङले १-१ गोल गरे। यसरी यूआरएफसी-बाट एञ्जेल सुब्बाले २ गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

Advertisement