सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर ४६ अन्तर्गत दार्जिलिङ मोड ग्यास गोदाम उजनु शिव नगर क्षेत्रमा ८ वर्षीया बालिकालाई चकलेटको प्रलोभन देखाएर अपहरण गरेको घटना सार्वजनिक भएको छ। यस घटनामा स्थानीयले बालिकालाई अपहरण गरेको आरोपमा एक युवकलाई पक्रेर माटिगडा पुलिस थानामा बुझाएका छन्। अभियुक्तको नाम कनई विश्वास हो। आज राति ८ वर्षीया बालिका सामान ल्याउन घरबाट निस्किएकी थिइन्।
त्यही क्रममा बाटोमा एक युवकले उनलाई चकलेट दिएर पापाकहाँ लैजाने नाममा हात समातेर अँध्यारोमा सुनसान ठाउँमा लैजान खोजेका थिए। तर समयमै बालिकाले आफ्नो उपस्थिति देखाउँदै युवकको हात छुटाएर भागिन् र घर पुगेपछि सम्पूर्ण घटना परिवारका सदस्यलाई सुनाइन्। यसपछि बालिका अपहरणको घटना सुनेपछि इलाकाका बासिन्दाले बालिकालाई अपहरण गर्ने युवकको खोजी गर्न थाले र युवकलाई पक्रे। पछि प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो। घटनाको खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर अभियुक्तलाई पक्राउ गरी पुलिस थानामा लगेको थियो। यस घटनालाई लिएर क्षेत्रमा तनावको वातावरण देखिएको छ। यसैबीच बालबालिका अपहरणको घटनालाई लिएर पुलिस प्रशासनप्रति जनताले आक्रोश व्यक्त गरेका छन्। प्रहरी आयुक्तालय पछाडि दैनिक लागुऔषध दुव्र्यसनीको भिड लाग्ने गरेको सर्वसाधारणको आरोप छ। तर सूचना पाए पनि पुलिसले कुनै कारबाही गरिरहेको छैन। अभियुक्तलाई आज अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।









