कालेबुङ: गोरामुमोद्वारा कालेबुङको विभिन्न समष्टिहरुमा कालो झण्डा लगाउने कार्यलाई तीब्र पारिएको छ। यसै क्रममा गोरामुमो २३ नम्बर समष्टिले डीके राईको नेतृत्वमा रेली खोला मुक्ति पुलदेखि समष्टि प्रतिनिधिवर्ग अनि गोरानासंको संयुक्त पहलमा कालो झण्डा लगाएको डीके राईले जानकारी दिएका छन्। उनले आफ्नो विज्ञप्ति जारी गरी कालो झण्डा लगाउने उद्देश्यबारे जानकारी गराउँदै भने,
२७ जुलाई २०२४ को दिन खरसाङको लङ्भ्यु चियाबारीको प्रथम शहीद निमा तामाङको शहीद वेदीमा उँभिएर गोरामुमो अध्यक्ष मन घिसिङले शहीदलाई साक्षी राखेर आफ्नो पार्टी र हरियो झण्डालाई केही समयको निम्ति पर सारेर जाति र माटोको अनि भावी पिँढीको भविष्य सुरक्षित गर्नु आफुलाई एक स्वभिमानी गोर्खाको परिचय दिँदै वर्तमान भारत सरकारले हामीलाई न्याइदिन ढिलाई गरेकोले प्रतिवाद स्वरूप कालो झण्डा दिवस पालन गर्ने घोषणा गर्नु भएवापत हामी स्वाभिमानी वीर गोर्खाले जातीको सुरक्षा र आफ्नो किपटको जगेरा गर्नको निम्ति पटक पटक आन्दोलन गरेर धेरै शहीद भएर पनि भारत सरकार बाट कुनै न्याय पाएनौं।
हामी भूभागसंगै भारतमा आएको, हाम्रो भुभागलाई भारतमा गाभेर हामीलाई संवैधानिक हक र अधिकार देऊ भन्दा हामीलाई घरि घरि विदेशी र विछिन्नतावादीको लाञ्छाना लगाइन्छ। अब उसो अन्याय र अत्याचारको विरोधमा पहाड़भरि कालो झण्डा लगाएर प्रतिवाद स्वरूप गोर्खाको एकता देखाईरहेका छौं।’

उनले कालो झण्डा लगाउने सम्पूर्ण गोर्खा सन्तान पहाड़वासी दाजु-भाई दिदी-बहिनीहरू साथै सम्पूर्ण राजनैतिक पार्टी सामजिक संघ, संस्थाहरू साथै कलाकार, संगीतकार, पत्रकार, लेखक, कवि, साहित्यकार, भूतपूर्व सैनिक संगठन, चालक संगठनहरू, कर्मचारी संगठन शिक्षक-शिक्षिकावर्ग, अधिवक्ताहरू अनि अरू जति पनि सामाजिक संगठन पनि एक हुनुहुन्छ सबै-सबैलाई यो जातिय उन्मुक्ति र आफ्नो किपटको रक्षा हेतु एकजुट भएर एक स्वाभिमानी गोर्खाको परिचय दिऊ भनी हार्दिक अनुरोध गरेका छन्।










