कठोर कानुन बनाइनु पर्ने मागमा पत्राचार गर्नपर्ने लक्ष्य समूहको अपिल

IMG-20240819-WA0314

दार्जीलिङ: नारी शोषण एवं उत्पीडनमुक्त देश निर्माणको लागि कठोर कानुन बनाइनुपर्ने मागमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गर्नु पर्ने दार्जिलिङको गैर सरकारी संस्था लक्ष्य समूहले सामाजिक संघ संस्थाहरूलाई अपील गरेको छ। लगातार दोहोरिने यस्तो घटनाले समाज र पुलिस प्रशासनको सजगतामाथि प्रश्न खडा हुने बताउँदै समुह प्रमुख राजेश गुरूङले मोबाइल फोनको दुरूपयोगबाट नानीहरूलाई जोगाउने संस्कार घरबाट शुरू गर्न अभिभावकहरु थप जिम्मेवार हुनपर्ने मत व्यक्त गरेका छन्।
कोलकाता आरजे कर अस्पताल काण्डमा सामेल दोषीहरुलाई कडाभन्दा कडा सजायको माग गर्दै उनले पहाडबाट बालबालिकाहरु हराउने घटनालाई नियन्त्रण गर्न चालकहरूले गाडी चढ्ने नानीहरुमाथि निगरानी राखेर सोधीखोजी गर्नुको साथै अभिभावकहरूलाई जानकारी गराइदिने अनुरोध गरेका छन्।

About Author

Advertisement