आरजी कर हत्या प्रकरण: मन्त्री उदयन गुहाको बयान…

001-1-A-3

कोलकाता: पश्चिम बंगालका मन्त्री उदयन गुहाले महिला डाक्टरको दुष्कर्म र हत्याको मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीमाथि उठाएका सबै औंलाहरू भाँचिने टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको छ। सञ्चारमाध्यमको समाचारअनुसार, तृणमूल कांग्रेसका नेता गुहाले भिडियोमा भनेका छन्, ‘ममता ब्यानर्जीमाथि हमला गर्ने, उनीतर्फ औंला उठाउने र उनको राजीनामा माग्नेहरू कहिल्यै सफल हुने छैनन्। ममता ब्यानर्जी तर्फ उठाउने औंला भाँचिन्छ।‘  ९ अगस्तमा आरजी कर मेडिकल कलेज एण्ड अस्पतालको सेमिनार हलमा एक महिला डाक्टरको शव फेला परेको थियो। ड्युटीमा रहेका डाक्टरको दुष्कर्मपछि हत्याको घटनाले देशैभर आक्रोश छाएको छ। घटनाको भोलिपल्ट सो अपराधमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको थियो। उनले भने, ‘आरजी कर अस्पतालमा तोडफोडका क्रममा पुलिसले लाठीचार्ज गरेन।‘ पश्चिम बंगालमा मृतकका लागि न्यायको माग गर्दै मेडिकल कलेजका विद्यार्थीहरूको प्रदर्शन ११औँ दिन पनि जारी रहँदा चिकित्सा सेवा ठप्प भएको छ। बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी आन्दोलनलाई पश्चिम बंगालको विरोध प्रदर्शनसँग तुलना गर्दै गुहाले भने, ‘हामी पश्चिम बंगाललाई अर्को बंगलादेश बन्न कहिल्यै दिने छैनौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement