झापा: शुक्रबार दिउँसो ४ बजे मोटरसाईलकमा छिमेकी खेमराज कार्कीसँग घर फर्किने क्रममा लडेर घाईते भएकी उर्लाबारी वडा नम्बर ४ की ४२ वर्षिया सर्मिला बोहोराको सोमबार उपचारको क्रममा मृत्यु भएको छ दुर्घटनाबाट घाईते उनलाइ उपचारको लागि उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएतापनि उनको टाउकोमा गम्भिर चोट देखिएकोले थप उपचारको लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो। उनको उपचारको क्रममा सोमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक ५० वर्षिय कार्की उर्लाबारी वडा नम्बर ४ स्थित उर्लाबारी वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुन्।









