रंगबूल: युनाइटेड रंगबूल फूटबल क्लबको तत्त्वावधानमा दावा माईला डुक्पा स्मृति अण्डर-१७ फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो १४ सेप्टेम्बरदेखि शुरु हुने यस टुर्नामेण्टका सबै म्याचहरू रंगबूल खेल मैदानमा हुनेछ। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३ हजार रुपियाँ तोकिएको छ। टीमहरूका निम्ति नाम पञ्जीकरण गराउने अन्तिम मिति ६ सेप्टेम्बर राखिएको छ। टुर्नामेण्टको फिक्स्चर ८ सेप्टेम्बरमा जारी गरिनेछ। यस टुर्नामेण्टको फाइनल १० अक्टोबरमा खेलिनेछ।

सम्पर्क नम्बरः
७००१८१८५१८ (बुद्ध लामा, अध्यक्ष)
९६०९७१८२०३ (सरगम बराईली, सचिव)









