ब्रह्माकुमारी सोनामसहित अन्यहरूले राज्यपाललाई बॉंधे राखी

n6272039881724092971251a963064c1d46dd705311f5aa995c22dadb722036ec159d043ae70df3ee6e032a

गान्तोक: रक्षा बन्धनको पावन अवसरमा आज ब्रह्माकुमारी सोनामसहित अन्यहरूले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई राजभवनमा राखी बॉंधेर उनीप्रति आफ्नो श्रद्धा र स्नेह व्यक्त गरे। राज्यपालले यस स्नेहपूर्ण कार्यको निम्ति ब्रह्माकुमारी दिदी बहिनीहरूप्रति आभार व्यक्त गरे।

कार्यक्रमको शुरूवात ब्रह्माकुमारीसका सदस्यहरूद्वारा राज्यपाललाई राखी बॉंधेर भयो। यस अवसरमा राज्यपालले भने, रक्षा बन्धन दाजु भाई र दिदी बहिनीको पवित्र बन्धन र अटूट विश्वासको प्रतीक हो र यसले हामीलाई एकअर्काको रक्षा गर्न र स्नेह कायम राख्ने प्रेरणा दिन्छ। उनले ब्रह्माकुमारीसद्वारा यस पर्वलाई पालन गर्ने तरिका अत्यन्त सराहनीय रहेको बताए।

यस अवसरमा ब्रह्माकुमारीसका प्रतिनिधिहरूले रक्षा बन्धनको आध्यात्मिक महत्वमाथि प्रकाश पारे। उनीहरूले भने, यो पर्व केवल दाजु भाई र दिदी बहिनीहरूको सम्बन्धसम्म सीमि​त छैन, तर यो मानवताप्रति हाम्रो जिम्मेवारी, पवित्रता र प्रेमको प्रतीक हो, साथै नकारात्मक विकारहरूबाट पनि हामीलाई मुक्त गर्दछ।

राज्यपालले ब्रह्माकुमारीसका प्रतिनिधिहरूलाई रक्षा बन्धनको शुभकामना दिॅंदै भने, पर्वले यसरी नै समाजमा प्रेम र एकतालाई बढावा दिइरहन्छ। यस अवसरमा माउण्ट अबु, राजस्थानको चिकित्सा शाखा, ब्रह्मकुमारीका सचिव बनारसीलाल शाहले पनि राज्यपालसॅंग शिष्टाचार भेट गरेर नशा मुक्त भारत अभियान नामक पुस्तक भेट गरे।

About Author

Advertisement