स्वस्थ्य मन्त्री ढुङ्गेलले गरे सोमबारे पीएचसीको भ्रमण

IMG-20240818-WA0245

गान्तोक: स्वस्थ्य मन्त्री जीटी ढुङ्गेलले दरामदिन समष्टिको सोमबारे प्राथमिक स्वस्थ्य केन्द्रको निरीक्षण भ्रमण गरे। उनीसँग सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा पनि उपस्थित थिए। मन्त्री ढुङ्गेलले स्वस्थ्य केन्द्रको भ्रमण गर्दै त्यहाँ कार्यरत स्वस्थ्य कर्मचारीहरूसँग भेट गरेर उनीहरूको कार्यबारे जानकारी लिँदै गुनासो पनि सुने। त्यहाँ रहेको कतिपय आवश्यकताहरू तत्काल पुरा गर्ने मन्त्री ढुङ्गेलले वचन दिए। वर्तमान सरकारले स्वस्थ्य क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको पनि जानकारी दिए। पछि उनले निर्माणाधीन स्वस्थ्य केन्द्रको नयाँ भवनको पनि भ्रमण गर्दै निर्माण कार्यको जानकारी लिए। यो केन्द्रलाई समयमा नै गुणस्तरीय रुपमा निर्माण गर्नुपर्ने उपस्थित अधिकारीहरूलाई निर्देशन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement