आईपीएल फ्रेञ्चाइजी पञ्जाब किंग्सको साथी मालिकविरुद्ध अदालतमा पुगिन् प्रीति जिण्टा

IMG-20240818-WA0147

नयाँ दिल्ली: आईपीएल फ्रेञ्चाइजी पञ्जाब किंग्सले आन्तरिक कलहको सामना गरिरहेको छ। फ्रेञ्चाइजीका मालिकहरूबीचको विवाद चण्डीगढ़ उच्च न्यायालय पुगिसकेको छ। रिपोर्ट अनुसार, अभिनेत्री तथा सह-मालिक प्रीति जिण्टाले साथी मालिक मोहित बर्मनलाई आफ्नो हिस्साको फ्रेञ्चाइजीको शेयरको एउटा हिस्सा बेच्नदेखि रोक्न अदालतको शरण लिएर कानूनी अपील दायर गरेकी छन्। केपीएच ड्रीम क्रिकेट प्राइवेट लिमिटेडको माध्यमले फ्रेञ्चाइजीमा २३ प्रतिशत हिस्सेदारी राख्ने जिण्टाले आरोप लगाएअनुसार, बर्मनले आफ्नो हिस्साको शेयरको ११.५ प्रतिशत कुनै अज्ञात पार्टीलाई बेच्ने प्रयास गरिरेका छन्। बर्मनसँग फ्रेञ्चाइजीको सबैभन्दा ठूलो हिस्सेदारी (४८ प्रतिशत) रहेको छ। बर्मनको यस कार्वाहीले फ्रेञ्चाइजी मालिकहरूबीच एउटा आन्तरिक सम्झौताको उल्लंघन गरेको छ। बर्मनले चाहिँ सार्वजनिक रूपले आफ्नो शेयर बेच्ने कुनै पनि योजनालाई अस्वीकार गरेका छन्। यसकारण जिण्टाको कानूनी कार्वाहीले स्वामित्व समूहभित्र सञ्चार र विश्वासको कमीको संकेत प्राप्त हुन्छ। यो आन्तरिक संघर्ष त्यस समय अघि आएको छ, जब २०२२-मा दुईवटा नयाँ टीम सामेल भएपछि आईपीएल फ्रेञ्चाइजीको मूल्यांकनले आकाश छोएको छ। पञ्जाब किंग्स जस्तो फ्रेञ्चाइजीमा आंशिक हिस्सेदारीको सम्भावित बिक्रीको मूल्य लगभग ५४०-६०० रुपियाँ हुनसक्छ, जुन फ्रेञ्चाइजीको निम्ति सम्भावित दीर्घकालिक निहितार्थहरूको साथ एउटा महत्त्वपूर्ण वित्तीय निर्णय हो। अब २० अगस्तमा सुनुवाईको निम्ति निर्धारित यस मामिलाले पञ्जाब किंग्सको भविष्यमा अनिश्चितता देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement