स्पेनिश ला लीगाःसीजनको पहिलो म्याचमै हार्नदेखि बाँच्यो बार्सिलोना

IMG-20240818-WA0131

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलको नयाँ सीजनको पहिलो म्याचमै बार्सिलोनाले जसोतसो जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले भेलेन्सियालाई २-१-ले पराजित गऱ्यो। भेलेन्सियाको होम ग्राउण्डमा ६५ प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनालाई म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो। शुरुदेखि नै विपक्षी टीममाथि दबाउ सृष्टि गर्ने भेलेन्सियालाई ह्यूगो डुरोले ४४औं मिनटमा बढ़त दिलाए। त्यसपछि चाहिँ रोबर्ट लेवाण्डोस्कीको उत्कृष्ट प्रदर्शनले बार्सिलोनालाई जीत दिलायो। पोल्याण्डका स्टार फरवर्डले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइममा गोल गरी बार्सिलोनालाई बराबरीमा पुऱ्याए। त्यसपछि लेवाण्डोस्कीले ४९औं मिनटमा अझ एक गोल गरी बार्सिलोनालाई जीत दिलाए। ला लीगामा रियल सोसिएदाद र गिरोनाबीच म्याच १-१, एथलेटिक क्लब र गेटाफेबीच म्याच १-१, सेविले र लास पालमासबीच म्याच २-२ र ओसासना र लेगानेसबीच म्याच १-१-ले ड्र रह्यो। सेल्टा विगोले चाहिँ अलावेसलाई २-१-ले पराजित गऱ्यो।

About Author

Advertisement