लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको नयाँ सीजन शुरु भइसकेको छ। यसमा शनिवार राति लिभरपूल र आर्सनलले जीतको साथ अभियान शुरु गऱ्यो। लिभरपूलले नयाँ टीम इप्सविच टाउनलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट डिओगो जोटाले ६०औं र अनुभवी मोहामेद सालाहले ६५औं मिनटमा गोल गरे। यसरी गत सीजनको उपविजेता आर्सनलले वूल्भ्सलाई २-०-ले पराजित गऱ्यो। म्याच रोचक र प्रतिस्पर्धी रह्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट काई हावेर्त्जले २५औं मिनटमा गोलको खाता खोले। त्यसपछि अनुभवी फरवर्ड बुकायो साकाले ७४औं मिनटमा गोल गरी वूल्भ्सको चुनौतीलाई माटोमा मिलाए।

प्रीमियर लीगका अन्य म्याचहरूमा ब्राइटनले एभर्टनलाई ३-०-ले, न्यूक्यासलले साउथम्प्टनलाई १-०-ले अनि एस्टन भिल्लाले वेष्टह्यामलाई २-१-ले पराजित गऱ्यो। यसरी नटिंघम फरेष्ट र बोर्नमाउथबीचको म्याच १-१-ले ड्र रह्यो। यसअघि नयाँ सीजनको पहिलो म्याचमा म्यानचेष्टर युनाइटेडले फूलहामलाई १-०-ले पराजित गऱ्यो।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




