गान्तोक: ग्रामीण महिलाहरुको आर्थिक विकास स्थितिलाई विस्तार गर्ने उद्देश्य राखेर मार्ताम ग्राम विकास केन्द्रमा कोदोको उपयोगिताबारे प्रशिक्षण सम्पन्न भयो। स्थानीय पाँच स्वसहायता समूहका ५० महिला सहभागीहरूले कोदोबाट हुने स्वास्थ्य लाभ, आर्थिक लाभ र विविध उपयोगिताबारे जानकारी लिएका थिए। यस अवसरमा कोदोको प्रदर्शनी पनि राखिएको थियो। प्रशिक्षणमा पूर्व जिल्ला कृषि विकास केन्द्र, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र र सिक्किम सरकारका कृषि एवं वागवानी विभागका अधिकारीहरु उपस्थित थिए। स्रोतवक्ताका रुपमा उपस्थित अधिकारीहरुले महिलाहरुलाई कृषि उत्पादनमा केन्द्रित हुँदै उद्यमशीलता विकासमा नेतृत्व लिन अघि आउने अनुरोध गरे। स्थानीय उत्पादनलाई बजार व्वस्थापन गर्न सके त्यसले महिलाहरुको आर्थिक विस्तारमा सहयोग पुऱ्याउने विचार प्रशिक्षणका मुख्य स्रोतवक्ता डा. ए. अनुराधा देवीले राखिन्। भारत सरकारले विभिन्न परियोजनामार्फत उत्तरपूर्वी भारतका महिलाहरुलाई सशक्तिकरण गर्न डिजिटल प्रविधिको पनि सहयोग दिइरहेको जानकारी गराइन्। अर्का स्रोतवक्ता डा. अंगम रालेङले महिला प्रशिक्षणार्थीहरुसँग खुल्ला अन्तरक्रिया गरेका थिए।









