पाकिममा आर्थिक समावेशी योजनासम्बन्धी जिल्ला स्तरीय बैठक

IMG-20240817-WA0292

पाकिम: पाकिमको जिल्ला प्रशासनिक केन्द्रमा आज एकीकृत आर्थिक समावेशी कार्य योजनासम्बन्धी जिल्ला स्तरीय समितिको एक बैठक सम्पन्न भयो। पाकिम जिल्लाका जिल्लापाल आगवाने रोहन रमेशको अध्यक्षतामा बसेको बैठकको मुख्य उद्देश्य महिला र युवाहरूको लागि आर्थिक समावेशी परिणामहरूलाई प्रवर्द्धन गर्न विशेष ध्यान केन्द्रित गर्दै आर्थिक समावेशी पहलहरूको कार्यान्वयनमा समन्वय गर्नु थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल रमेशले इन्टिग्रेटेड इकनोमिक्स इनक्लुसन एक्सन प्लानको मुख्य उद्देश्यबारे छलफल गर्दै जसमा लगानीको अभिसरण, वित्तीय हस्तक्षेप, लक्षित हस्तक्षेप, युवामा ध्यान केन्द्रित र तल्लो तहको नागरिक दृष्टिकोण समावेश रहेको बताए। उनले महिला र युवा उत्थानका लागि समितिको जिम्मेवारी र योजनाहरूको रूपरेखा प्रस्तुत गरे, उनीहरूको सम्भाव्यता र प्रभाव क्षमताको आधारमा मुख्य हस्तक्षेप क्षेत्रहरू पहिचान गरी प्राथमिकता दिनुपर्नेमा जोड दिए। यस अवसरमा अतिरिक्त जिल्लापाल (विकास) रविन सेवाले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement