८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेक्युरिटी गार्ड पक्राउ

Child-Sexual-Abuse-Rep-Image-A-copy

 सिलगढी: सिलगढीमा ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधाननगर पुलिस थानाले एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्ति प्रधाननगर क्षेत्रको अपार्टमेन्टमा सेक्युरिटी गार्डको रुपमा काम गर्थे। उक्त व्यक्ति मूलतः सिक्किमका हुन् भन्ने थाहा समाचार छ, शुक्रबार लुगा दिने बहानामा उक्त व्यक्तिले बालिकालाई बोलाएर दुष्कर्म गरेको आरोप छ। घटनाको जानकारी पाएपछि परिवारका सदस्यले प्रधाननगर पुलिस  चौकीमा लिखित उजुरी दिए। उजुरीका आधारमा पुलिसले अभियुक्तलाई पक्राउ गरेको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement