ग्लोरियस आउट स्ट्याण्डिङ अवार्ड २०२४: समाजका १० जना प्रगतिशील कार्यकर्ता सम्मानित

WhatsApp-Image-2024-08-17-at-14.56.14

खरसाङ: अर्गनाइजेसन फर एडभान्सिङ बेटर सोसाइटी र ग्लोरियस इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट (ग्लोरियस आईएचएम)ले आज (१७ अगस्त) समाजका विभिन्न क्षेत्रमा विशेष भूमिका गर्दै आइरहेका १० जना विशिष्ट व्यक्तिहरूलाई कदर गर्दै ग्लोरियस आउट स्ट्याण्डिङ अवार्ड प्रदान गरेर सम्मान जनाएको छl खरसाङको सुपर मार्केटस्थित सार्वजनिक भवनमा ‘ग्लोरियस आउट स्ट्याण्डिङ अवार्ड एण्ड फ्रेसर्स इभेन्ट २०२४’ कार्यक्रम भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा उनीहरू १० जनालाई यो अवार्ड प्रदान गरिएको होl

अवार्डद्वारा सम्मानित हुनेहरूमा सुपरिचित लोक गायिका नवनित वाइबा, सुपरिचित गायिका सुरक्षा सिन्च्युरी, सुपरिचित संगीतकार रुपेश रसाइली, चलचित्र निर्देशक विक्की राई, रोहिणीका वृद्ध आश्रम ‘होप होम’का उषा राई र टोली,  दार्जीलिङको हरसिङ भिल्लाका पिपल युनाइटेड वेलफेयर सोसाइटीका अध्यक्ष सिद्धार्थ थामी र टोली, फिटनेस स्पेसियलिस्ट प्रमु तामाङ, भ्लगर मेलिस्सा थामी, होटल इन्डस्ट्रीका कारण क्रिस्टी र शिक्षक कमल रसाइली रहेका छन्l     

ग्लोरियस आईएचएमका निर्देशक गगन लामाl

यस कार्यक्रममा खरसाङका वरिष्ठ सामाजिक कार्यकर्ता टीटी लामा, इण्डियन फोर्सेस लेडिज एसोसिएसनकी अध्यक्ष श्रीमती मोती भण्डारी, प्रा० प्रज्ज्वल प्रधान, ताज चिया कुटिरका प्रतिनिधि   आदि विशिष्ट अतिथिको रुपमा उपस्थित थिएl  कार्यक्रममा ग्लोरियस आईएचएमकी रुबिना राईले कार्यक्रम बारे जानकारी दिँदै स्वागत व्यक्तव्य राखिन्l ग्लोरियस आईएचएमका निर्देशक गगन लामाले ग्लोरियस आईएचएमको स्थापना अनि यसको उदेश्य र लक्ष्य बारेमा आफ्नो वक्तव्यमा बताएl कार्यक्रममा ग्लोरियस आईएचएमका विद्यार्थीहरूले गीत साथै नृत्यहरू प्रस्तुत गरे भने सुपरिचित गायिका सुरक्षा सिन्च्युरीले दुई वटा गीत प्रस्तुत गरेर कार्यक्रममा रौनक थपिन्l कार्यक्रमको अन्तमा ग्लोरियस आईएचएमका विद्यार्थीहरूद्वारा गरिएको फेशन शो विशेष आकर्षण रह्योl

सन् २०१७ देखि यस पहाडी भेकमा रोजगारमूलक  शिक्षाको विस्तार गर्न गगन लामाले ग्लोरियस आईएचएम स्थापित गरेका हुन्l हालमा ग्लोरियस आईएचएम पहाडी भेकमा एउटा प्रतिष्ठित संस्थान बनेको छl यहाँबाट सय प्रतिशत प्लेसमेन्ट हुने गरेको गगन लामाले बताएका छन्l ग्लोरियस आईएचएमले यो आउट स्ट्याण्डिङ अवार्ड प्रदान गर्ने कार्यक्रम गएको आठ वर्षदेखि आयोजना गर्दै आएको छl २०२० र २०२१ मा कोभिड-१९ महामारीका कारण यो कार्यक्रम आयोजना हुनसकेनl  यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको छेक परेर  ९ मार्चको दिन ग्लोरियस आईएचएमले वुमेन्स कुकिङ कम्पिटिशन पनि आयोजना गरेको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement