सिनसिनाटी ओपनमा हारेपछि ऱ्याकेटमाथि रिस पोखाए अल्कारेजले

IMG-20240817-WA0180

सिनसिनाटी: चारपल्टका ग्राण्ड स्ल्याम च्याम्पियन कार्लोस अल्काराजले सिनसिनाटी ओपन टेनिस टुर्नामेण्टमा गेल मोनफिल्सविरुद्ध पराजित भएपछि आफ्नो ऱ्याकेटमाथि रिस पोखाए अनि त्यसलाई पछारेर भत्काए। मोनफिल्सले तीन सेटको रोमाञ्चक म्याचमा स्पेनिस स्टारलाई ४-६, ७-६ (७-५), ६-४-ले पराजित गरे। वर्षाले गर्दा यो म्याच दुई दिनसम्म चलेको थियो। दोस्रो वरीयता प्राप्त अल्काराजले म्याचपछि भने, मलाई यो मेरो करियरको अहिलेसम्मको सबैभन्दा खराब म्याच जस्तो लाग्यो। मैले वास्तवमा असल तयारी गरेको थिए अनि कोर्टमा असल अनुभव गरिरहेको थिएँ तर मैले आफूले सोचेको जस्तो खेल्न सकिनँ। म यस म्याचलाई भुलेर यूएस ओपनको तयारी गर्न चाहन्छु। सिनसिनाटी ओपनलाई २६ अगस्तदेखि शुरु हुने यूएस ओपनको तयारीको निम्ति महत्त्वपूर्ण मानिन्छ। यसबीच मोनफिल्सको अभियान पनि चाँड़ै समाप्त भयो। अल्काराजलाई पराजित गरेको लगत्तै पछि मोनफिल्सले होल्गर रुनेविरुद्ध ३-६, ६-३, ६-४-ले हारको सामना गर्नु पऱ्यो। महिला एकल वर्गमा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले मार्ता कोस्त्युकलाई ६-२, ६-२-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाइन्। आर्यना सबालेंकाले पनि एलिना स्वितोलिनालाई ७-५, ६-२-ले पराजित गरी अघिल्लो राउण्डमा प्रवेश गरिन्। यसरी फ्रेञ्च ओपन र विम्बल्डनमा उपविजेता रहने जेस्मिन पाओलिनीले मीरा एण्ड्रीवाविरुद्ध ३-६, ६-३, ६-२-ले हारको सामना गर्नु पऱ्यो। अन्य एउटा म्याचमा अनास्तासिया पाल्यूचेनकोवाले ओलम्पिक स्वर्ण पदक विजेता झेंग किनवेनलाई ७-५, ६-१-ले पराजित गरिन्।

About Author

Advertisement