गोलीटारमा ७८औं स्वतन्त्रता दिवस भव्यरूपमा पालन

IMG-20240816-WA0312

गान्तोक: सिङतामस्थित गोलीटारमा ७८औं स्वतन्त्रता दिवस भव्यरूपमा पालन गरियो। उक्त कार्यक्रममा मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपामा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खालिङले देशले धेरै वर्ष संघर्ष गरेपछि अंग्रेजहरूको शासनबाट मुक्ति पाएको उल्लेख गरे। स्वतन्त्रता आन्दोलको समयमा धेरै जनाले आफ्नो प्राणको आहुति दिए, जसमा गोर्खाहरू पनि सामेल रहेको जानकारी गराए। देशलाई अंग्रेजहरूको शासनबाट मुक्ति दिलाउन मेजर दुर्गा मल्ल, हेलेन लेप्चा लगायत धेरैले बलिदान दिएको अवगत गराए। उनले एसकेएम पार्टी २०१९मा सरकारमा आएपछि राज्यमा बसोबासो गर्ने सबै जात-जाति र धर्मले न्याय पाएको किटान गरे। यस पार्टी सरकारमा आएपछि भाइचारा,एकता र शान्ति कायम रहेको उल्लेख गरे। राज्यमा बसोबासो गर्ने कसैलाई पनि अन्याय नहोस् भन्ने उद्देश्यले राज्यका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले काम गरिरहेको जानकारी गराए। वर्तमान सरकारले गाउँ बस्ती मात्र नभएर शहरमा बस्ने गरीबहरूको निम्ति घर बनाउने कार्य थाल्नी गरिसकेको छ भने गाउँबस्तीका धेरै जना मानिसहरूले पक्का घर प्राप्त गरिसकेको बताए। यसरी नै सरकारले महिलाहरूको निम्ति विभिन्न योजना शुरू गरेको छ, जस्तै आमा, बहिनी र सन्तानविहिन दम्पतिलाई सन्तान प्राप्तिको निम्ति आर्थिक सहयोग पनि प्रदान गर्दै आइरहेको जानकारी गराए। उक्त कार्यक्रममा विभिन्न प्रकारको खेलकूदको गतिविधिहरू पनि विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको थियो। यस अवसरमा दुइवटा फूटबल खेल आयोजना गरिएको थियो, जसमा पहिलो फाइनल खेल स्वर्गीय हिमाल सुब्बा स्मारक कप प्रतियोगितामा सिङताम माध्यमिक विद्यालय बनाम बरदाङ माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो भने दोस्रो खेल स्वर्गीय फुलमाया प्रधान स्मारक फूटबल प्रतियोगिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement