चेतन गजमेरलाई टिस्टा रङ्गीत अविरल कलम पुरस्कार

IMG-20240816-WA0309

गान्तोक: पत्रकारिताको क्षेत्रमा विगत दश वर्षभन्दा अधिक समयदेखि निरन्तर रुपमा कार्यरत पत्रकारहरूलाई राज्य सरकारद्वारा प्रदान गरिने टिस्टा रङ्गीत अविरल कलम पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार चेतन गजमेरलाई प्रदान गरियो। उल्लेखनीय छ, गत वर्षदेखि राज्य सरकारले स्वतन्त्रता दिवसको अवसरमा यो पुरस्कार प्रदान गर्न थालेको छ। गत वर्ष पत्रकार आनन्द ओबरोयलाई यो पुरस्कार प्रदान गरिएको थियो।
हिजो राजधानीको पाल्जोर स्टेडियममा आयोजित राज्यस्तरीय ७८औं स्वतन्त्रता दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट चेतन गजमेरलाई वर्ष २०२४को टिस्टा रङ्गीत अविरल कलम पुरस्कार प्रदान गरियो। पुरस्कारको साथमा नगद एक लाख पनि प्रदान गरियो।
हाम्रो प्रजाशक्ति दैनिकदेखि पत्रकारिता आरम्भ गरेका चेतन गजमेरले पछिल्ला करिब दुइ दशकदेखि पत्रकारिता गर्दै आएका छन्। त्यसपछि उनले लामो समयसम्म इलेक्र्टोनिक मिडिया नयुमा समाचारमा कार्य गरे। हाल उनी अङ्ग्रेजी दैनिक सिक्किम रिपोर्टरमा कार्यरत छन्।

About Author

Advertisement